नारायणगढ-मुग्लिङ सडक दैनिक चार घण्टा बन्द गरेर यसरी हुँदैछ काम (भिडिओ) – Nepal Press

नारायणगढ-मुग्लिङ सडक दैनिक चार घण्टा बन्द गरेर यसरी हुँदैछ काम (भिडिओ)

भरतपुर । नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ-मुग्लिङ सडक मंगलबारदेखि दैनिक चार घण्टा बन्द गरिएको छ । बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सडक बन्द गरेर काम भइरहेको नारायणगढ-मुग्लिङ सडक आयोजनाले जानकारी दिएको छ ।

उक्त सडकको विभिन्न स्थानमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएकाले मंगलबारदेखि पुस ५ गते देखि १ महिना सडक बन्द हुने आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए ।

भिडिओ:

नारायणगढ–मुग्लिङ सडक खण्डका मुग्लिङबाट नारायणगढ तर्फको २ नम्बर र ३ नम्बर पुल पुनर्निर्माण गर्न ठूलो पहाड काट्नको लागि दैनिक ४ घण्टा सडक बन्द गरि काम गरिएको उनले बताए ।

उक्त सडक खण्डमा १५ वटा पुल निर्माणको काम भइरहेकोमा ९ वटाको काम सम्पन्न भइसकेको छ । ४ वटा पुल निर्माणको लागि ठाडो र कडा चट्टानसहितको पहाड काट्नु पर्ने भएको कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भए पछि यातायात बन्द गरेर काम गर्नु परेको आयोजनाले जनाएको छ । –रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *