नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा आधामात्रै राजश्व संकलन – Nepal Press

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा आधामात्रै राजश्व संकलन

बाँके । नेपालगञ्ज भन्सार कार्यालयबाट लक्ष्यभन्दा आधामात्रै राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७९/०८० सुरु भएदेखि नै कुनै पनि महिनामा लक्ष्यअनुसारको राजश्व संकलन हुन सकेको छैन ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा सबैभन्दा कम राजश्व उठ्ने सम्भावना बढेको छ । कार्यालयले साउनमा लिएको लक्ष्य १७ अर्ब ८ करोड ८५ लाख ५५ हजार थियो । जसमध्ये १ अर्ब ३५ करोड ४८ लाख हजार संकलन भएको छ । पछिल्लो साउनमा २० अर्ब १ करोड ७३ लाख ६९ हजार संकलन गरिएको थियो ।

भदौको लक्ष्य २ अर्ब २३ करोड ३६ लाख १३ हजार थियो । जसमा १ अर्ब ४३ करोड ४९ लाख १२ हजार राजश्व उठेको छ । असोजमा पनि कार्यालयले खासै राजश्व उठाउन सकेन । जम्मा २ अर्ब ३४ करोड १८ लाख १४ हजार रुपैयाँ लक्ष्य राखेको थियो ।

कात्तिकमा २०.३८ प्रतिशतले कम हुँदै राजश्व २ करोड अर्ब ३९ करोड ८२ लाख ७ हजार रहेको लक्ष्यमध्ये १ अर्ब ५४ करोड ५६ लाख ५२ हजार संकलन भएको छ ।

मंसिर महिनामा कार्यालयले २ अर्ब ४९ करोड ५० लाख ९ हजार रुपैयाँको लक्ष्य लिएको थियो । जसमा १ अर्ब ३७ करोड ७४ लाख ६० हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयले यसवर्षको सुरुको ६ महिनाभित्र लक्ष्यबमोजिमको राजश्व उठाउन नसक्नुमा भन्सार छलीका घटना बढ्नु रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर