चीनमा कोरोना चाप बढेपछि बिरामी भुइँमा, डाक्टर गलेर बेहोस (भिडिओ) – Nepal Press

चीनमा कोरोना चाप बढेपछि बिरामी भुइँमा, डाक्टर गलेर बेहोस (भिडिओ)

काठमाडौं । कोरोनाको कारण जारी प्रतिवन्धलाई खुकुलो बनाइएसँगै चीनमा कोरोना महामारीको भयावह अवस्थालाई उजागर गर्ने विभिन्न भिडिओ सामजिक संजालमा सार्वजनिक भएका छन् ।

हालै मात्र चीनको एउटा अस्पातलमा बिरामीको चाप बढेसँगै बिरामीहरुलाई भुईमै राखेर उपचार गरिएको भिडिओ सार्वजनिक भएको थियो । उक्त भिडिओमा बिरामीहरुलाई भुईमानै राखेर केही अटोमेटेड मेसिनद्वारा सिपीआर दिइएको र चिकित्सकहरु पनि उपचार्थ खटिएको देख्न सकिन्छ ।

भिडिओ:

यस्तै, टेलीग्राममार्फत सार्वजनिक भएको एक आर्को भिडिओमा कोरोना महामारीका बिरामीको अत्याधिक चाप ह्याण्डल गरिरहेका एक डाक्टर एक्कासी बेहोस भएको देख्न सकिन्छ । एक पछी अर्का बिरामीको उपचारमा खटिएका उक्त डाक्टर अचानक आफ्नो कुर्सीमा बेहोस भएपछि अन्य डाक्टरहरुले उनलाई अन्यत्र सारेको भिडिओमा देख्न सकिन्छ ।

अन्तर्राष्टिय संचार माध्यमहरुका अनुसार कोरोना भेरियन्ट बिएफ. ७ बाट संक्रमित बिरामीहरुको कारण चीनका अधिकांस अस्पतालहरुमा बिरामीको चाप अत्याधिक रहेको छ । हालै गरिएको एक सर्वेक्षणका अनुसार आगामी ९० दिन भित्र चीनको कुल जनसंख्याको ६० प्रतिशत र विश्व जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोना बाट संक्रमित हुने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर