गगनले भने- म सरकारमा जान्नँ, गोप्यरूपमा गरिने आलोपालोको लेनदेन पार्टीले मान्दैन – Nepal Press

गगनले भने- म सरकारमा जान्नँ, गोप्यरूपमा गरिने आलोपालोको लेनदेन पार्टीले मान्दैन

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेतामा पराजित भएका महामन्त्री गगन थापाले आगामी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्दा कोठाभित्र हुने सहमति नमान्ने बताएका छन् । उनले आगामी सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पारे ।

चुनाव परिणामपछि सञ्चारकर्मीसँग कुरा गर्दै गगनले संसदीय दलको चुनावपछि आगामी सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको बताए । तर, पार्टीको जानकारीबेगर आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरिएको खण्डमा पार्टीले त्यसको स्वामित्व नलिने उनको भनाइ छ ।

‘पछि गएर कांग्रेसले धोका दियो भन्न पाउनुहुन्न । पार्टीको संसदीय दल र सम्बन्धित समितिमा छलफलबेगर त्यस्तो सहमति गरियो भने त्यो उहाँको व्यक्तिगत कुरा हुन्छ । त्यसको दायित्व पार्टीले बोक्दैन,’ थापाले भने ।

आगामी सरकारमा तपाईं सहभागी हुने कि नहुने भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘म संसदीय दलकै नेतृत्व परिवर्तन हुनुपर्छ भनेर लागेको हुँ । अरुको नेतृत्वमा सरकारमा जाने प्रश्न आउँदैन । म आउँदो संसदीय दलको चुनावका लागि नै तयारी गर्छु ।’


प्रतिक्रिया

One thought on “गगनले भने- म सरकारमा जान्नँ, गोप्यरूपमा गरिने आलोपालोको लेनदेन पार्टीले मान्दैन

  1. तिम्रा भुकाइ पनि देखियो ।३ नम्बरका सोझा जनतालाई म प्रधानमन्त्री हुने हो भोट हाल्नुहोस भनेर झुक्याएर जितेको मात्र हो । धरातल त जिरो रहेछ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर