गगनले भने- सारा बन्धन तोडेर साथीहरूले साथ दिनुभएको छ, म ढुक्क छु – Nepal Press

गगनले भने- सारा बन्धन तोडेर साथीहरूले साथ दिनुभएको छ, म ढुक्क छु

आरजूलाई दिए यस्तो जवाफ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनको परिणाम जे भए पनि युवाहरूको साथले उत्साहित भएको बताएका छन् ।

थापाले पार्टीका युवा नेताहरुको साथले आफू ढुक्क रहेको बताए ।

निर्वाचनको परिणामप्रति आशावादी रहेको उल्लेख गर्दै उनले भने, ‘जसरी साथीहरू सारा बन्धन तोडेर एक ठाउँमा उभिनुभएको छ त्यो नै मेरो लागि ठूलो कुरा हो ।’

आरजूले कुनै चुनौती छैन भनेकोबारे पत्रकारको जिज्ञासामा महामन्त्री थापाले आफू शेरबहादुर देउवासँग चुनाव लडेको प्रतिक्रिया दिए ।

उनले पार्टीको उम्मेदवार बन्नु अगाडिसम्म जुनसुकै समूहमा भए पनि सांसद भएर आएपछि जनताको प्रतिनिधि स्वतन्त्र हुने उनले बताए ।

उनले भने, उम्मेदवार हुने बेलासम्म त्यो पार्टीको हो । समूह बनेपछि आज यहाँ आएको सांसद कुनै समूहको होइन । म फलानो समूहबाट निर्वाचित भएर आएको हुँ भन्यो जनताप्रतिको अपमान हो ।’

थापा पार्टी संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका छन् । दलको नेता चुन्न अहिले मतदान सुरु हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर