विश्वकप ट्रफीलाई सिरानीमा राखेर सुतेको मेस्सीको तस्बिर – Nepal Press

विश्वकप ट्रफीलाई सिरानीमा राखेर सुतेको मेस्सीको तस्बिर

काठमाडौं। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले विश्वकप ट्रफिलाई सिरानीमा राखेर सुतेको तस्बिर सामाजिक संजालमा राखेका छन्। उनको अफिसियल फेसबुक पेजमा राखिएको तस्बिरमा मेस्सीले ट्रफीलाई छेउमा राखेर सुतेको देखिन्छ।

तीनवटा तस्बिर अपलोड गरिएकामा अर्कोमा उनले सुतेर उठेपछि खिचिएको तस्बिर पनि राखेका छन्। आइतबार राति अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै ३६ वर्षपछि विश्वकप उपाधि जितेको थियो।

मेस्सीको विश्वकप सपना पनि पुरा भएको थियो। कतारमा उपाधि जितेर फर्किएको अर्जेन्टिनी टोली नेपालीसमयअनुसार मंगलबार दिउँसो अर्जेन्टिनी राजधानी ब्युनोस आयर्स पुगेको थियो जतिबेला त्यहाँ रातको समय थियो।

मंगलबार खुसियाली मनाउन अर्जेन्टिना सरकारले सार्वजनिक विदा घोषणा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर