चलचित्रबाट ‘ब्रेक’ लिँदै समान्था, टुंगो छैन कमब्याकको – Nepal Press

चलचित्रबाट ‘ब्रेक’ लिँदै समान्था, टुंगो छैन कमब्याकको

काठमाडौं । बलिउड रिजनल फ्लिमबाट चर्चित भएकी भारतीय अभिनेत्री समान्था रुथ सन् २०२१ बाट भने मेनस्ट्रिम बलिउड क्षेत्रमा गतिलो पकड बनाउन सफल अभिनेत्री हुन् ।

वेब सेरिज फेमेली म्यानको दमदार पात्र होस् वा व्लकबस्टर पुष्पाको ‘आइटम गीत’मा उनको केमियो, दर्शकहरुले उनको स्क्रिन प्रेजेन्सलाई औधी मन पराएका थिए । यद्यपी सन् २०२२ देखि भने यि ‘यसोधा’ नायिका चलचित्रको कारणभन्दा पन बढी उनको स्वास्थ्य अवस्थाको कारण चर्चामा रहिन् ।

२०२२ मा नै उनले आफू मायोसाइटिस नामक रोगबाट गुज्रिरहेको र यसबाट निको हुन सोचेभन्दा बढीको समय लागिरहेको खुलासा गरेकी थिइन् । केही रिपोर्टहरुका अनुसार उनले अमेरिकामा यस रोगको उपचार गराइरहेको पनि जनाइएको थियो ।

भारतीय संचार माध्यम इन्डिया टुडेका अनुसार सोही रोगको कारण समान्थाले अब छिट्टै चलचित्र क्षेत्रबाट लामो ‘ब्रेक’ लिँदै छिन् । रिपोर्टका अनुसार हाल उनी खुशी नामक चलचित्रको शुटीङमा व्यस्त छिन् भने सो चलचित्रको शुटिङ सकेर उनी ब्रेक लिने सोचमा छिन् ।

स्वास्थ्य उपचारकै लागि उनले ब्रेक लिन लागेको जनाइएको छ । उनले कति समयपछि फिल्म क्षेत्रमा कमब्याक गर्नेछिन् भन्ने कुनै टुंगो छैन । ब्रेक लिने निर्णयकै कारण उनले केही मेनस्ट्रिम बलिउड चलचित्रलाई अस्विकार गरेको पनि रिपोर्टको दाबी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर