सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ९० दिन भित्र माग दाबी गरिसक्नुपर्ने – Nepal Press

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ९० दिन भित्र माग दाबी गरिसक्नुपर्ने

काठमाडौं । सामजिक सुरक्षा कोषद्वारा सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध योगदानकर्ताले ९० दिनभित्र दाबी भुक्तानी गरिसक्नुपर्ने भएको छ । कोषले पुष १ गतेदेखि लागू हुने गरी यो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।

कोषका अनुसार भर्ना नभई गरिने उपचारको हकमा उपचार गराएको ९० दिन भित्र र भर्ना भई गरिने उपचारको हकमा डिस्चार्ज भएको ९० दिन भित्र माग दाबी गरिसक्नुपर्नेछ ।

दुर्घटना दाबीका लागि उपचार गराएको वा डिस्चार्ज भएको ९० दिन भित्र, मातृत्व हेरचाह भत्ता शिशु जन्मेको ९० दिन भित्र, मातृत्व बिदा भत्ता शिशु जन्मेको १२० दिन भित्र, बिरामी बिदा भत्ता बिरामी भएको वा डिस्चार्ज भएको १२० दिन भित्र र अस्थायी असक्षमता वापतको भत्ता काममा फर्किएको ९० दिन भित्र दाबी गरिसक्नुपर्नेछ ।

कोषका अनुसार योगदानकर्ता आफैँ उपस्थित भई वा मञ्जुरी प्राप्त प्रतिनिधिमार्फत व्यक्ति उपस्थित भई दाबी गर्दा चालू आर्थिक वर्षको असार २५ गते र आधिकाररिक प्रणालीमार्फत दाबी गर्दा असार २८ गते भित्र दाबी गरिसक्नुपर्नेछ । तोकिएको समयावधिभन्दा पछि गरिने दाबीलाई नयाँ आर्थिक वर्षमा योगदानकर्तालाई प्राप्त हुने नयाँ सुविधा सिमाबाट भुक्तानी गरिने कोषले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर