पाकिस्तानको आतंक विरोधी सेन्टरमै आतंकवादीको कब्जा – Nepal Press

पाकिस्तानको आतंक विरोधी सेन्टरमै आतंकवादीको कब्जा

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा क्षेत्रको बन्नु जिल्लाको जेलमा रहेका ३० तालिबानका आतंकवादीले काउन्टर टेररिज्म सेन्टरलाई नै कब्जामा लिएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार विगत २४ घण्टादेखि काउन्टर टेररिज्म सेन्टरलाई कब्जामा लिएका आतंकवादीहरुले एक जना प्रहरीको हत्या समेत गरेका छन् ।

आतंकवादीहरुको कब्जामा रहेका प्रहरी अधिकारीलाई छुटाउनको लागि पहल भइरहे तापनि हालसम्म उक्त प्रयास सफल हुन सकेको छैन । खैबर पख्तुनख्वा सरकारका प्रवक्ता मुहम्मद अली सैफका अनुसार प्रहरी अधिकारीलाई छोड्नका निमित्त उनीहरुले आफुहरुलाई सुरक्षित रुपमा अफगानस्तान जान दिइनुपर्ने माग राखेका छन् ।

आतंकवादीले कब्जामा लिएको काउन्टर टेररिज्म सेन्टर अफगानस्तानको र पाकिस्तानको सिमा नजिक रहेको पनि रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर