धनगढीमा रिक्साको ब्याट्री चोर्न आएको समूहले गोली चलायो – Nepal Press

धनगढीमा रिक्साको ब्याट्री चोर्न आएको समूहले गोली चलायो

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ शिवरामनगर टोलमा चोरी गर्न आएको समूहले चोरी गोली चलाएको हो ।

बिहान करिब साढे २ बजे स्थानीय प्रजापति विष्टको घरम राखेको अटो रिक्साको ब्याट्री चोर्न आएकाहरूले गोली चलाएको कैलाली प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । प्रतिकार गर्दा चोरहरूले विष्टमाथि आक्रमण गरेका छन् ।

कुटपिट गर्दै ब्याट्री चोरेका चोरहरूले स्थानीयले होहल्ला गरेपछि हवाई फायर गरेको डीएसपी जोशीले बताए ।

चोरीमा चारजना संलग्न रहेको प्रहरीले बताएको छ । शंकास्पद एक पक्राउ परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *