फ्रान्सका फुटबलर करिम बेन्जेमाद्वारा सन्यास घोषणा – Nepal Press

फ्रान्सका फुटबलर करिम बेन्जेमाद्वारा सन्यास घोषणा

काठमाडौं । फ्रान्सका फुटबलर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिएका छन् । उनले आज आफ्नो जन्म दिनको अवसरमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सन्यासको घोषणा गरे । उनले लेखेका छन्, ‘मैले धेरै संघर्ष र गल्ती गरेको छु जसले मलाई यहाँसम्म ल्याइपुर्यायो जसका लागि म गर्व महसुस गर्छु । मैले मेरो इतिहास लेखेँ तर हाम्रो सपना अन्त्य भयो ।’

आइतबार भएको फिफा विश्वकप २०२२ को फाइनल खेलमा अर्जेन्टिनासँग फ्रान्स पराजित भएको थियो ।

करिम स्पेनिस क्लब रियल म्याड्रिडमा खेलिरहेका खेलाडी हुन् । उच्च लयमा रहेका उनले चोटका कारण विश्वकपका खेलहरु गुमाएका थिए ।

बेन्जेमाले फ्रान्स राष्ट्रिय टिमका लागि ९७ खेल खेल्दै ३७ गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर