बागमती प्रदेशसभामा सर्वदलीय बैठक आह्वान – Nepal Press

बागमती प्रदेशसभामा सर्वदलीय बैठक आह्वान

काठमाडौं । बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको सपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले यही पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक आह्वान गरिएको छ ।

सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई सपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरुलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसैगरी बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका रामप्रसाद ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट विजयी भएका हुन् ।

बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाका ज्येष्ठ सदस्य ढुङ्गानाले केही दिनभित्रै प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट सपथग्रहण गर्नेछन् । यसपछि प्रदेशसभाका बाँकी १०९ जना सदस्यलाई उनले नै सपथ गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव खड्काले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर