खोटाङको बाक्सिलाबजारमा भीषण आगलागी (भिडिओ)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ पुष ४ गते १८:५७
![](https://www.nepalpress.com/wp-content/uploads/2022/12/baksilabazar_khotang-fire.jpg)
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारमा भीषण आगलागी भएको छ । अहिलेसम्म पाँच घर पूर्ण रुपमा जलिसकेको र आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल राईले जानकारी दिए ।
बजारका एक स्थानीयको घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किएपछि सुरु भएको आगो अन्य घरमा पनि फैलिएको उनले बताए ।
उनका अनुसार प्रहरी निरीक्षक किरण राईको टोली आगलागीस्थलमा पुगिसकेको छ । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको खोटाङका पत्रकार हरिबोल आचार्यले जानकारी दिए ।
आगलागीको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया