चीनमा कोरोना महामारीको अझै दुई लहर आउन सक्ने, अर्को वर्ष १० लाख बढीको मृत्‍यु हुने प्रक्षेपण – Nepal Press

चीनमा कोरोना महामारीको अझै दुई लहर आउन सक्ने, अर्को वर्ष १० लाख बढीको मृत्‍यु हुने प्रक्षेपण

काठमाडौं । चीनले कोरोना महामारीसँग सम्बन्धित प्रतिबन्धलाई हटाउँदै गएसँगै पुनः कोरोना केसहरु बढेको देखिएको छ । आइतबार मात्र चीनमा २ हजार कोरोना संक्रमित थपिएको अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन् । यो संख्या अझै बढ्न सक्ने विज्ञहरुको दाबी रहेको छ ।

इपिडिमियोलजिस्ट वु जुन्युलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार चीनमा कोरोनाको अझै २ वटा लहर आउन सक्ने प्रबल सम्भावना रहेको छ । जुन्युका अनुसार आगामी जनावरीमा चीनमा कोरोनाको अर्को लहर सुरु हुने छ भने फेब्रुअरीदेखि मार्चको बीचमा पनि चीनमा कोरोना महामारीको दोस्रो लहर सुरु हुने सम्भावना रहेको छ ।

अमेरिकाको ‘इन्स्टिच्युट अफ हेल्थ म्याट्रिक्स एण्ड इभ्यालुएसन’ले हालै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार सन् २०२३ मा चीनमा कोरोनाको कारण मृत्‍यु हुनेको संख्या १० लाख भन्दा माथि पुग्न सक्ने अनुमान छ । अमेरिकाको ‘इन्स्टिच्युट अफ हेल्थ म्याट्रिक्स एण्ड इभ्यालुएसन’ का निर्देशक क्रिस्टोफर मुरेका अनुसार आगामी अप्रिल सम्म कुल जनसंख्याको एक तिहाइ जनसंख्या कोरोना संक्रमित हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर