संसदीय दलकाे नेताको उम्मेदवारी शुल्क तोक्दै कांग्रेसद्वारा संशोधित तालिका सार्वजनिक – Nepal Press

संसदीय दलकाे नेताको उम्मेदवारी शुल्क तोक्दै कांग्रेसद्वारा संशोधित तालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले यही पुस ६ गते (बुधबार) संसदीय दलको नेता चयन गर्ने तालिकामा केही फेरबदल गरेको छ ।

कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता निर्वाचनसम्बन्धी सार्वजनिक कार्यक्रममा दलको नेताका लागि उम्मेदवारी दिन शुल्क तिर्नुपर्ने प्रावधान तोकेको छ ।

नयाँ तालिकाअनुसार उम्मेदवारले दरखास्त दिँदा ५१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ ।

अन्य कार्यक्रम भने यथावत रहेको छ ।

मतदाता नामावली प्रकाशनसँगै आज दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया सुरू गरिएको छ ।

आइतबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो ।

कांग्रेस संसदीय दलको नेताका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, गगन थापालगायतले आकांक्षा देखाएका छन् ।

यस्तो छ संशोधित तालिकाः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर