स्कुले बालिका बलात्कार गरेको आरोपमा सहयाेगीसहित ४ जना पक्राउ – Nepal Press

स्कुले बालिका बलात्कार गरेको आरोपमा सहयाेगीसहित ४ जना पक्राउ

विराटनगर । विद्यालय गएका दुई बालिकालाई फकाएर बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सुन्दरहरैंचा-४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा-६ का २१ वर्षीय प्रताप तामाङलाई बलात्कार आरोपमा पक्राउ गरेको छ ।

उनीहरुलाई सहयोग गरेको आरोपमा अरु दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैंचा-५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैंचा-६ का २० वर्षीय पदम कार्की रहेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले बताए ।

उनीहरुले सुन्दरहरैंचा-७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजका लगेर अलगअलग कोठा भाडामा लिई पुष १ गते बलात्कार गरेको पीडित परिवारले दिएको किटानीमा उल्लेख छ ।

पीडित बालिकाहरु कक्षा ८ र ९ मा अध्ययनरत छन् । उनीहरु १५ वर्ष भन्दा मूनीका रहेको प्रहरीले जनाएको छ । पुस १ गते शुक्रबार भलिबल खेल हेर्न गएका उनीहरु राति घर नफिरेपछि घटना बाहिरिएको थियो ।

भलिबल हेर्न भन्दै पुगेको र त्यही बखत तिम्सिना र तामाङले फकाएर होटल पुर्‍याएको आरोप छ । रातभर होटलमा बसेका उनीहरू शनिबार मात्रै घर फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर