कैलालीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार – Nepal Press

कैलालीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

कैलाली । कैलालीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ ।

गोदावरी नगरपालिका १ पूर्व–पश्चिम राजमार्गमा आज साँझ पसल बन्द गरेर घरतर्फ जाँदै गरेका न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतममाथि मोटरसाइकलमा आएकाले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

गोली लागि घाइते भएका गौतमको अत्तरियास्थित पदमा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । गोली प्रहार गर्नेको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर