नेकपा एसले बोलायो संसदीय दलको बैठक, माधव नेपाल सर्वसम्मत हुने निश्चित – Nepal Press

नेकपा एसले बोलायो संसदीय दलको बैठक, माधव नेपाल सर्वसम्मत हुने निश्चित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सोमबार संसदीय दलको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले दलको नेता चयन गर्नेसमेतको प्रयोजनका लागि बैठक बोलाएको हो ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ ।

बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरुसँग छलफल अगाडि बढाउने निर्णयसमेत गरेको महासचिव डा. बेदुराम भुसालले बताए ।

आइतबारै नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र वामपन्थी नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको नेकपा एसले जनाएको छ ।


प्रतिक्रिया

One thought on “नेकपा एसले बोलायो संसदीय दलको बैठक, माधव नेपाल सर्वसम्मत हुने निश्चित

  1. जसको नेतृत्वमा सरकारमा जाँदा सिके राउतले जति पनि भोट ल्याउन सकेन र राष्ट्रिय दल बनेन तिनैलाई फेरि नेता मान्ने ? किन तिनैलाई संसदीय दलको नेता ? नेकपा हुँदा एक व्यक्ति एक पद भनेर रूँदै हिडनेलाई अहिले अध्यक्ष पनि आफैं र संसदीय दलक‍ नेता पनि आफैंलाई चाहिने ? अनि के खान पार्टी फुटाएको त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर