राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ कार्यबाहक राजदूत वाङबीच भेटवार्ता – Nepal Press

राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ कार्यबाहक राजदूत वाङबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका कार्यबाहक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ ।

अध्यक्ष लिङ्देनलाई भेट्न कार्यबाहक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यालय पुगेका थिए ।

भेटका क्रममा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जीत हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । यसका साथै उनीहरूबीच समसामयिक विषयमा कुरा भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर