तस्बीरमा हेर्नुस् कांग्रेस कार्यसम्पादन समिति बैठक – Nepal Press

तस्बीरमा हेर्नुस् कांग्रेस कार्यसम्पादन समिति बैठक

काठमाडौं । सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सानेपास्थित पार्टी मुख्यालयमा बसेको छ ।

बैठकमा भावी सरकार गठन, संसदीय दलको चुनाव, समसामयिक विषयमा छलफल भएको थियो । केन्द्रीय कार्यसम्पादन समितिले सहमहामन्त्री भीष्मराज आङ्देम्बे संयोजक रहेको तीन सदस्यीय निर्वाचन समिति गठन छ । समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् ।

बुधबारसम्म संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइने बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

सातै प्रदेशमा आफ्नो नेतृत्व वा अरुलाई सघाउने भन्ने निर्णय गर्ने जिम्मा पनि प्रदेश समितलाई बैठकले निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर