महतको दाबी- सरकार कांग्रेसकै नेतृत्वमा, प्रधानमन्त्रीमा प्रचण्डले दाबी गरे पनि देउवा निर्विकल्प – Nepal Press

महतको दाबी- सरकार कांग्रेसकै नेतृत्वमा, प्रधानमन्त्रीमा प्रचण्डले दाबी गरे पनि देउवा निर्विकल्प

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबारभित्र भइसक्ने प्रवक्ता डा. प्रकाशरण महतले बताएका छन् । केन्द्रीय कार्य सम्पादन समितिको बैठकका निर्णय सुनाउदै प्रवक्ता डा. महतले ढिलोमा बुधबारसम्म दलको नेता चयनको प्रक्रिया टुंगिने बताए ।

कांग्रेस बैठकले प्रदेशका संसदीय दलको निर्वाचनका लागि पनि सम्बन्धित कार्य समितिलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । यसका साथै सातै प्रदेशमा आफ्नो नेतृत्व वा अरुलाई सघाउने भन्ने निर्णय गर्ने जिम्मा पनि प्रदेश समितलाई बैठकले निर्देशन दिएको छ ।

केन्द्रमा पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवाको विकल्प नरहेको महतले बताए । उनले पार्टीभित्र र बाहिर सबैले स्वीकार गर्ने तथा समन्वय गर्ने नेतृत्व आवश्यक परेकाले देउवालाई सर्वसम्मत नेता चयन गर्नुपर्ने बताए ।

महतले प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डको दाबी स्वाभाविक भए पनि गठबन्धनमा छलफल गरेर टुंगो लगाइने बताए । राष्ट्रपतिले सरकार बनाउन कति दिनको समय दिएर सूचना जारी हुन्छ त्यस आधारमा गठबन्धनमा छलफल हुने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर