छोरीको जन्मदिनमा करिश्माको भावुक स्टाट्स- गाडीको स्टेरिङ तिम्रो हातमा छ, अब तिमी आफ्नो र हाम्रो जिम्मा लेउ – Nepal Press

छोरीको जन्मदिनमा करिश्माको भावुक स्टाट्स- गाडीको स्टेरिङ तिम्रो हातमा छ, अब तिमी आफ्नो र हाम्रो जिम्मा लेउ

काठमाडौं । जन्मदिन आउनु एक दिनअगावै अभिनेत्री करिश्मा मानन्धरले छोरी कवितालाई जन्मदिनको शुभकामना दिँदै आफ्नो सामाजिक सञ्जालमा भावुक स्टाट्स शेयर गरेकी छन् । मानन्धरले छोरी कविताको बाल्यकालदेखि अहिलेसम्मका तस्वीरसहित शुभकामना दिएकी हुन् ।

मानन्धर पुत्री कविताको जन्मदिन भोलि हो । तर, एक आमाको माया र ममताको अगाडि जन्मदिन भोलि हुनु र आज हुनुमा केही फरक नभएको बताउँदै करिश्माले उक्त स्टाट्स आजै हालेकी हुन् । उनले गर्भावस्थादेखि छोरी ठूली हुँदासम्मको पीडा, माया र जिम्मेवारीबारे स्टाट्समा प्रष्ट्याएकी छन् । कविता सानो हुँदा आफूहरुले सम्पूर्ण जिम्मेवारी निभाएको र अबका दिनहरुमा बुवाआमाको जिम्मेवारीको भारी उनको काँधमा भएको मानन्धरकाे भनाइ छ ।

उनी लेख्छिन्, ‘अब तिमी ठूली भयौं । हामीले गरेका तयारीहरु तिमीलाई बचकाना लाग्न सक्छन् । जानी नजानी तिम्रो बाबा र मैले तिमीलाई हुर्काउन, शिक्षा–दीक्षा र संस्कार दिन गरेको प्रयासहरु कत्तिको सफल भयो या भएन । अब हामी चाहन्छौ, तिमी आफ्नो र हाम्रो जिम्मा लेउ । अब तिमी अगाडि र हामी पछाडि हुनुपर्छ ।गाडीको स्टेरिङ तिम्रो हातमा हुनुपर्छ ।’

मानन्धरले स्टाट्समा कविता आफ्नो शरीरको भाग भएको बताएकी छन् । उनको जीवनका हरेक घटनामा समावेश हुनु कुनै हस्तक्षेप नभएको र उनीमाथि हक दाबी गर्नुभन्दा पनि उनी खुशी भएको हेर्ने रहर आफ्नो र विनोदको भएको करिश्माले स्टाट्समा उल्लेख गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर