श्रमिकहरुले भोग्नु्परेको समस्यालाई सरकारले गम्भीररुपमा लिएको छ : श्रममन्त्री कुँवर – Nepal Press

श्रमिकहरुले भोग्नु्परेको समस्यालाई सरकारले गम्भीररुपमा लिएको छ : श्रममन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् ।

आइतबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजित नेपाल आप्रवासन प्रतिवेदन २०२२ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सरकारले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई समाधान र सहज बनाउने विषयमा गम्भीर भएर काम गरिरहेको बताएका हुन् ।

उनले वैदेशिक रोजगारीमा गएकाहरुले दुःख गरी कमाएर पठाएको रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित गर्ने काम मात्रै भएको भन्दै श्रमिकले पठाएको रेमिट्यान्स मात्रै नभएर श्रमिकहरुले भोग्नुपरेका विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए ।

त्यस्तै, उनले सरकारले श्रमिक पठाउने मात्रै नभएर विदेशमा गएका श्रमिकले भोग्नुपरेका समस्याको विषयमा पनि गम्भीर हुन आवश्यक रहेको धारणा राखे । मन्त्री कुँवरले सरकारले वैदेशिक श्रमिकको हकमा मर्यादित र व्यवस्थित कसरी गर्ने भन्ने कुरालाई विशेष ध्यान दिन जरुरी रहेकामा जोड दिए ।

त्यस्तै, श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले २०६५ सालदेखि अहिलेसम्म १३ हजार आप्रवासी नेपाली श्रमिकहरुले काम गर्न जाने देशहरुमा ज्यान गुमाइरहेको बताए । उनले विदेशमा काम गर्ने क्रममा अङ्गभङ्ग भएर करिब १३ हजारभन्दा बढी नेपाली श्रमिक फर्कनुपर्ने अवस्था रहेको बताए ।

उनले मन्त्रालयले वैदेशिक रोजगार नीतिको विषयमा सकारात्मक र नकारात्मक विषयलाई छलफल गरेर ऐन संशोधन गर्ने तयारी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर