हर्कविरुद्ध धरानका दलहरुको वक्तव्य- परिवर्तनमा सहभागी नभएका छद्मभेषीको अराजकता सुरू – Nepal Press

हर्कविरुद्ध धरानका दलहरुको वक्तव्य- परिवर्तनमा सहभागी नभएका छद्मभेषीको अराजकता सुरू

विराटनगर । सुनसरी धरानका मुख्य राजनीतिक दलहरूले धरानका मेयर हर्कराज साम्पाङ्गले कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर जानु भनेर दिएको अभिव्यक्ति सच्याउन माग गरेका छन् ।
एमाले, नेपाली कांग्रेस र माओवादीको नगर नेतृत्वले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यपालिका सदस्यलाई धम्क्याउने हिसाबले राजीनामा दिनू भन्ने शब्द फिर्ता लिन भनेका हुन् ।

उनीहरूले मेयर साम्पाङ्गले आफूलाई प्राप्त मतलाई बहुमत भन्दै, दम्भ राखी जननिर्वाचित प्रतिनिधिहरूको राजीनामा माग्नु कुन नैतिकता हो ? भन्दै प्रश्न गरेका छन् ।

समस्या समाधान गर्न छाडेर नेतृत्व आफैँ प्रतिवादमा उत्रने कार्यले धरानबासीले अपेक्षा गरेको विकास तथा समृद्धिको चाहानालाई कुठाराघात गरेको ठहर गरिएको छ । विज्ञप्तिमा यसरी नगर प्रमुख नै प्रतिवाद्धमा उत्रनुले समस्या समाधान गर्नुभन्दा बल्झाउने कार्य गर्ने विज्ञप्तिमा उल्लेख छ ।

विगतमा धरानको विकासमा राजनीतिक दलहरूका बीचमा सहकार्य भएको उल्लेख गर्दे अहिले नेपालको राजनीतिक परिवर्तनमा कुनै पनि भूमिका नभएका छद्मभेषीको अराजकता सुरू भएको दलहरूले टिप्पणि गरेका छन् ।

असोज १३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डामाथि सदस्य अनुप देवानलाई आफ्नो राय राख्न नदिई मेयर साम्पाङ्गले बैठक छाडेर बाहिर जानु भनेका थिए । कार्यपालिका सदस्यहरूले मेयरको उक्त अभिव्यक्तिबाट आफूहरूको अपमान भएको महसुस गर्नु स्वाभाविक भएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर