गुरुङ र पुनबीच भेट, एक भएर संसदीय दलमा जान आग्रह – Nepal Press
लुम्बिनी प्रदेश

गुरुङ र पुनबीच भेट, एक भएर संसदीय दलमा जान आग्रह

रुपन्देही । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनबीच आइतबार भेटवार्ता भएको छ । भेटमा संसदीय दलको निर्वाचनको सन्दर्भमा पार्टीको रणनीतिका बारेमा छलफल भएको हो ।

सभापति पुनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर अगाडि बढ्न नेतृत्व गर्न गुरुङलाई आग्रह गरेका थिए । उनले साझा उम्मेदवार दिनसकेमा मात्र समूह र कांग्रेस बलियो बन्ने कुरा आफूले गुरुङसमक्ष राखेको बताए ।

भेटमा राष्ट्रिय राजनीति, संघ र प्रदेश सरकार गठनलगायतका विषयमा छलफल भएको पुनको सचिवालयले जनाएको छ । इतर समूहबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापाले दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारी गरेपछि एकल उम्मेदवार अघि बढाउन उनीहरु निकट नेताहरुले सक्रियता बढाएका छन् ।

शनिबारमात्रै बुटवलमा कांग्रेस उपसभापति गुरुङले नेतृत्वका लागि नयाँ पुस्तालाई मार्गप्रशस्त गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर