अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द – Nepal Press

अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द

कैलाली । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द गरिएको छ ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका दिन भएको विवादलाई लिएर त्रिवेणी नगरपालिका ७ का अयडीमाथि घरमै कुटपिट गरिएको थियो ।
उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको थियो ।

घटना भएको एक महिना बित्दा समेत हत्यामा संलग्नलाई कारबाहीको दायरामा नल्याइएको भन्दै अनेरास्ववियुले शनिवार साँझदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।

यातायात बन्द पछि शनिबार साँझदेखि बाजुरामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर