मुख्यसचिव वैरागीले गरे लुम्बिनी केबलकारको स्थलगत निरीक्षण – Nepal Press

मुख्यसचिव वैरागीले गरे लुम्बिनी केबलकारको स्थलगत निरीक्षण

२ महिनाभित्र सञ्चालनमा आउने अध्यक्ष ढकालकाे भनाई

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले लुम्बिनी केबलकारको स्थलगत निरीक्षण गरेका छन् ।

मुख्यसचिव वैरागीसँगै, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारकारी टोलीले केबलकारको स्थलगत निरीक्षण गर्दै जानकारी लिएका हुन् ।

वैरागीले केबलकार निर्माणसम्बन्धी प्रगतीविवरण लिनुका साथै केबलकारको सञ्चालनपछि त्यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए ।

यो परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माणको काम आगामी २ महिनाभित्रमा सकिने बताए ।

केबलकारको झण्डै ९० प्रतिशत काम सकिएको उल्लेख गर्दै ढकालले रिसोर्ट लगायत अन्य पूर्वाधारको कामलाई केही समय लाग्ने बताए ।

उनले भने, ‘अबको १÷२ महिनापछि केबलकार सञ्चालनमा आउँछ । तर बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारको निर्माणाका काम सम्पन्न हुन अझै केही समय लाग्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर