महोत्तरीबाट नक्कली नोटसहित भारतीय नागरिक पक्राउ – Nepal Press

महोत्तरीबाट नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम । नक्कली रुपैयाँसहित महोत्तरी प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारको सितामढी जिल्ला भदियन ग्राम पञ्चायतका २१ वर्षीय रमनकुमार चौधरी छन् ।

चौधरीलाई जलेश्वर नगरपालिका ३ स्थित एक पसलबाट एक हजार दरका ११ थान नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

चौधरी एक पसलमा समान किन्न गएका थिए । उनले नक्कली नोट दिएको कुरा पसल सञ्चालकले थाहा पाएपछि स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो ।

खानतलासी गर्दा चौधरीको साथबाट नक्कली ११ हजार रुपैयाँ बरामद भएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर