स्थानीय तहका काम जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्छ : प्रधानमन्त्री देउवा (भिडिओ) – Nepal Press

स्थानीय तहका काम जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्छ : प्रधानमन्त्री देउवा (भिडिओ)

उपत्यकामा मेट्रो रेलको विकल्प छैन : मेयर महर्जन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसरमा शनिवार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा जिम्मेवारी दिएको बताए ।

उनले महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण धरोहर र वैभव भएको भन्दै यसलाई संरक्षण गर्न सबै मिल्नुपर्ने धारणा राखे ।

जिम्मेवार पूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउन महानगर अझै क्रियाशील हुने विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गरे ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकाको जनघनत्व बढ्दै गएकाले अव मेट्रो रेलको विकल्प नभएको र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए ।

उपत्यकाभित्रको संस्कृति र सम्पदाको जगेर्ना गर्न काठमाडौं महानगरसँग हातेमालो गर्दै अघि बढ्ने उनले बताए ।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि र सम्पदाहरूको संरक्षणमा ललितपुर महानगरसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर