सातै प्रदेशका प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग, नयाँ सरकार गठनको ढोका खुल्ने – Nepal Press

सातै प्रदेशका प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग, नयाँ सरकार गठनको ढोका खुल्ने

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज निर्वाचनले बुझाउँदैछ। आयोगले निर्वाचन प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई बुझाउन लागेको हो।

निर्वाचन प्रतिवेदन बुझाउन आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेकाले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनका अनुसार प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १, आयुक्त सगुनशमशेर जबरा र सचिव गोकर्णमणि दुवाडी बागमती, आयुक्त इश्वरीप्रसाद पौडेल गण्डकी, आयुक्त रामप्रसाद भण्डारी लुम्बिनी, सहसचिव यज्ञप्रसाद भट्टराई कर्णाली र आयुक्त जानकीकुमारी तुलाधरले सुदूरपश्चिममा प्रतिवेदन बुझाउनेछन्।

प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्। आयोगले अन्तिम परिणम बुझाएपछि नयाँ सरकार गठनको ढोका खुल्ने बागमती प्रदेशका कानुनमन्त्री कृष्णप्रसाद खनालले बताए।

यसअघि नै आयोगले प्रतिनिधिसभातर्फको निर्वाचन परिणम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर