महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने (भिडिओ) – Nepal Press

महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने (भिडिओ)

काठमाडौं । रोजगारी सिर्जना र व्यवसायिक सफलताका लागि महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा महिला चेम्बरले मुलुकभरका उद्यमी महिलालाई एकवर्षे सूचना प्रविधिसम्बन्धी तालिम दिन लागेको हो । शुक्रबार काठमाडौंमा तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लीमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पङ्कज जलानले हस्ताक्षर गरे ।

तालिममा महिला चेम्बरको समन्वयमा स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरले जनाएको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढिरहेका सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको बताए ।

त्यस्तै, महिला चेम्बरकी सचिव अधिकारीले सूचना प्रविधिका माध्यमबाट महिलाहरुलाई दक्ष बनाउनका लागि सम्झौता गरिएको बताए । महिलाहरुलाई रोजगारको अवसरका लागि र महिलाले बनाएका सामाग्रीहरुलाई अनलाईन माध्यमबाट बजारीकरण गर्न मद्धत पुग्ने उदेश्यले तालिम दिन लागिएको उनले बताए ।

उद्यमी महिलाका लागि सञ्चार क्षमता, बजार प्रवर्द्धन, वेबसाइट डिजाइनलगायत विषयमा तालिम दिइने महिला चेम्वरले जनाएको छ । तालिम पुस १५ गतेदेखि सुरु हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर