सरकारको आम्दानी ८५ अर्बले घट्यो – Nepal Press

सरकारको आम्दानी ८५ अर्बले घट्यो

काठमाडौं । चालू आर्थिक वर्ष सरकारको आम्दानी ८५ अर्ब रुपैयाँ भन्दा बढीले घटेको छ । गत आर्थिक वर्ष (२०७८/७९) को मंसिरसम्म सरकारले ४ खर्ब १२ अर्ब ४० करोड ३४ लाख रुपैयाँ राजस्व आम्दानी गरेको थियो ।

तर चालू आर्थिक वर्षको मंसिरसम्म सरकारले ३ खर्ब २६ अर्ब ८९ करोड रुपैयाँमात्र राजस्व आम्दानी गरेको छ । यो कर र गैरकर आम्दानी हो । सरकारको आम्दानी लक्ष्यको तुलनामा २३.३ प्रतिशत हो । यो वर्ष सरकारले १४ खर्ब ३ अर्ब बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

सरकारले झण्डै एक वर्ष विभिन्न खालका वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा राज्यको आम्दानी गुमेको सरकारका अर्थमन्त्री आफैंले स्वीकार्दै आएका छन् ।

पाँच महिनामा सरकारको खर्च भने ४ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ भएको छ । गत वर्षको यसै अवधिको तुलनामा सरकारको खर्च भने ४८ अर्ब १७ करोड रुपैयाँ बढी भएको छ । यसवर्ष तीनै तहको चुनावका कारण पनि खर्च बढी देखिएको विज्ञहरुले बताएका छन् ।

सरकारले चालू आर्थिक वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । यो लक्ष्यको २४.२६ प्रतिशत खर्च ५ महिनामा भएको छ ।

सरकारले खर्च गर्न नसकेर मध्यावधि समीक्षामार्फत बजेट खर्चको सिलिङ घटाउँदै आएको छ । यसपटकको मध्यावधि समीक्षामा पनि नयाँ सरकार गठन हुने भएकाले बजेटमा केही हेरफेर हुन सक्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर