पत्रकार महासंघ रुकुमपूर्वको पहिलो अधवेशन सम्पन्न – Nepal Press

पत्रकार महासंघ रुकुमपूर्वको पहिलो अधवेशन सम्पन्न

रुपन्देही । रुकुमपूर्वमा नेपाल पत्रकार महासंघको पहिलो शाखा अध्यक्षमा मैत्या घर्ती निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम रुकुमकोटमा सम्पन्न प्रथम अधिवेशनले घर्तीलाई अध्यक्ष बनाएको हो । उनी प्रेस सेन्टरका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

१३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरिएको पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीले जानकारी दिए । प्रेस चौतारीका महेश केसी र प्रेस सेन्टरकी सिर्जना कार्की उपाध्यक्ष बने ।

सचिवमा जितेन्द्र बुढाथोकी, सहसचिवमा मदन बिसी र विक्रम परियार, कोषाध्यक्षमा चेतकुमार बिसी चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *