राप्रपा वागमती प्रदेश संसदीय दलको नेतामा थापाकाे सम्भावना – Nepal Press

राप्रपा वागमती प्रदेश संसदीय दलको नेतामा थापाकाे सम्भावना

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौँ क्षेत्र नंबर ८(२) बाट विजयी भएका उद्धव थापाको प्रवल संभावना रहेको बताइएको छ । राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका थापालाई संसदीय दलको नेता बनाउने तयारी रहेको राप्रपाले जनाएको छ ।

राप्रपाको शुक्रबार (भोली) बस्ने प्रदेशको कार्यसम्पादन समिति बैठकले थापाको विषयमा सहमति जुटाउने संभावना प्रवल रहेको राप्रपा श्रोतको दाबी छ ।

भोली बस्ने बैठकले संसदीय दलको नेताको विषयमा सहमति कायम गर्ने बताउँदै राप्रपा बागमती प्रदेश अध्यक्ष विक्रमबहादुर थापाले नेपाल प्रेसलाई बताए ।

संसदीय दलको विषयमा अहिलेसम्म सहमति नभैसकेको बताउँदै उनले नेता छान्दा पुरानो, पार्टीमा सिनियर तथा प्रत्यक्षबाट निर्वाचित भएको व्यक्ति हुनुपर्ने करिब-करिब निश्चित रहेको उनको भनाई छ । राप्रपाले बागमती प्रदेशमा जित हासिल गरेको मध्य उद्धव सबैभन्दा सिनियर रहेको कारण उनको विषयमा सहमति हुने संभावना पनि रहेको प्रदेश अध्यक्ष थापाको भनाई छ ।

राप्रपाले बागमती प्रदेशमा समानुपातिक सहित १३ वटा सिट हाँसिल गर्न सफल भएको छ । १३ सिट सहित राप्रपा प्रदेशको चौथो शक्तिमा स्थापित भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर