अध्यादेश रोक्न षड्यन्त्र भएको भन्दै विप्लव समूहले घोषणा गर्‍यो देशव्यापी संघर्षका कार्यक्रम – Nepal Press

अध्यादेश रोक्न षड्यन्त्र भएको भन्दै विप्लव समूहले घोषणा गर्‍यो देशव्यापी संघर्षका कार्यक्रम

काठमाडौं । सरकारले ल्याएको अध्यादेश रोक्न खोजेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न खोजेको भन्दै नेकपाले आन्दोलनको घोषणा गरेको हो ।

सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयका लागि ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्र भएपछि संघर्षको कार्यक्रम घोषणा गरेको नेकपा प्रवक्ता खड्कप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले बताए ।

नेकपाले पुस १ गते देशव्यापी रुपमा गाउँदेखि शहरसम्म प्रदर्शन, २ गते देशव्यापी रुपमा कोणसभा, ३ गते देशव्यापी सदरमुकाम र मुख्य शहरमा अन्तक्रिया, ४ गते साँझ देशव्यापी मसाल जुलुस र ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने उनले बताए ।

सरकारले ल्याएको अध्यादेश अहिले शितलनिवासमा पुगेर रोकिएको छ। त्यसको चौतर्फि विरोध भइरहेको छ ।

अध्यादेश जारी भएपछि विप्लवसहित सिके राउत, रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्न बाटो खुल्छ ।


प्रतिक्रिया

One thought on “अध्यादेश रोक्न षड्यन्त्र भएको भन्दै विप्लव समूहले घोषणा गर्‍यो देशव्यापी संघर्षका कार्यक्रम

  1. अनि देशभरका अभियुक्तहरुको मुद्दा फिर्ता लिएर रिहा गरे ठिक हुन्थ्यो होइन चोर फटाहहरु ।हत्याहिंसा गरेर खान पल्केका नेपालका कपूतहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर