निगमका सबै क्याविन क्रुको करार नवीकरण गर्ने सहमति, आजैबाट उडान सुचारु हुने – Nepal Press

निगमका सबै क्याविन क्रुको करार नवीकरण गर्ने सहमति, आजैबाट उडान सुचारु हुने

काठमाडौं । नेपाल वायुसेवा निगमले करारमा कार्यरत सबै क्याविन क्रुको करार नविकरण गर्ने भएको छ । आज निगमको व्यवस्थापन र क्याविन क्रुबीच भएको छलफलमा करार नविकरण गर्ने र आजैबाट उडान सुचारु गर्ने गरी सहमति भएको निगम स्रोतले जनाएको छ ।

यस्तै, व्यवस्थापनले ५० वर्षको बढुवाको सिफारिस पनि निगम सञ्चालकसमक्ष लगिसकेको बताएको छ । स्रोतका अनुसार क्याबिन क्रुको माग पुरा गर्ने गरी मौखिक सहमति भएको छ ।

हिजोबाटै उडान बन्द गरेर आन्दोलित बनेका नेपाल वायू सेवा निगम क्याविन क्रु संघले आजै विहान मात्र विज्ञप्ति जारी गर्दै आफ्ना माग पुरा नभएसम्म उडान नगर्ने जनाएको थियो । निगममा १५० भन्दा बढी क्याबिन क्रु कार्यरत रहेका छन् । क्याबिन क्रुमा काम गर्ने सबै करारकै हुने व्यवस्था रहेको ती अधिकारीले बताए ।

वायुसेवा निगम क्याविन क्रु सँघले व्यवस्थापनको निकटको चाहि नविकरण गरिदिएको र बाँकी अरुको नबिकरण नगरी काममा लगाएको आरोप छ ।

व्यवस्थापनको चरम लापरवाहीका कारण तिन महिना पहिला हुनुपर्ने नविकरण तथा क्याविन क्रु आइडिकार्ड अन्तिम समयसम्म नविकरण नगराई उडाइएको साथै नेवानी र नागरिक उड्डयन प्राधिकरणको ओ एम ए ९.८ अनुसार महिनामा १०० घण्टा मात्र उड्न पाउने व्यवस्था उल्लंघन गर्दै सो भन्दा बढी उडाइएकाले सम्पुर्ण क्याविन क्रु थकान भइ विरामी पर्न गएको उनीहरुको आरोप थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर