सानिमा बैंक र युएसएआइडी ट्रेड एण्ड कम्पीटेटीभनेस एकटीभलीबीच सहकार्य पत्रमा हस्ताक्षर – Nepal Press

सानिमा बैंक र युएसएआइडी ट्रेड एण्ड कम्पीटेटीभनेस एकटीभलीबीच सहकार्य पत्रमा हस्ताक्षर

काठमाडौं । सानिमा बैंक लिमिटेड र युएसएआइडी ट्रेड एण्ड कम्पीटेटीभनेस एकटीभलीबीच सहकार्य पत्रमा हस्ताक्षर भएको छ ।

पाँच वर्ष अवधि रहेको यस सम्झौताले नेपालको अर्थ प्रणालीमा रहेका सार्वजनिक तथा निजी क्षेत्रहरुलाई प्रोत्साहित गर्ने उच्च गुणस्तर तथा निर्यात उन्मुख गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, आय वृद्धि गर्ने, संस्थागत तथा क्षेत्रगत तहमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने जस्ता लक्ष्य लिएको जनाइएको छ ।

सहकार्यपछि नेपाल भित्र र बाहिरका आर्थिक गतिविधिहरु मार्फत विभिन्न अवसरहरु सिर्जना गरी लक्षित बजार वर्गको क्षमता अभिवृद्धि गर्नमा टेवा पुग्ने पनि विश्वास लिइएको सानिमा बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस कार्यक्रमले बजारमाथिको पहुँच वृद्धि गर्न, उत्पादकत्व क्षमता वृद्धि गर्न, रोजगारी सिर्जना गर्नका साथै लगानीमैत्री वातावरण बनाउन बजार प्रतिनिधिहरूलाई प्रोत्साहन गर्ने कार्य गर्नेछ भन्ने बैकंको भनाई छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेलेयस सहकार्यले सानिमा बैंकलाई दिगो प्रकृतिका वित्तीय उपकरण र सेवाहरूमा पहुँच बढाउन मद्दत गरी लघु, साना तथा मझौला व्यवसायमा सुदृढ सेवा प्रदान गर्ने बैंकको प्रयासलाई अझ बलियो पार्न सक्षम बनाउने बताएका छन् । हाल सानिमा बैंकको सातै प्रदेशमा जम्मा १३० कार्यालयहरु र १२३ एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर