समस्याग्रस्त ओरेण्टलको बचतकर्तालाई मागदाबीको प्रमाण पेश गर्न १५ दिनको समय थप – Nepal Press

समस्याग्रस्त ओरेण्टलको बचतकर्तालाई मागदाबीको प्रमाण पेश गर्न १५ दिनको समय थप

काठमाडौं । समस्याग्रस्त ओरेण्टल को–अपरेटिभमा रकम जम्मा गर्ने बतचकर्तालाई प्रमाणसहित निवेदन पेस गर्न १५ दिनको समय थप भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आगामी पुष ८ गतेसम्म बचतकर्तालाई प्रमाणसहित निवेदन पेश गर्न भनेको छ ।

पहिलो पटक सूचना जारी गरिएको अवधिभित्र ओरेण्टलका ३ हजार २ सय बचतकर्ताको निवेदन दर्ता भएपछि पुन म्याद थप गरिएको समस्याग्रस्त सहकारी व्वस्थापन कार्यालयका सदस्यसचिव केशव पौडेलले नेपालप्रेसलाई जानकारी दिए ।

उनले कति बचतकर्ताको कति रकम फिर्ता भयो कति बाँकी छ भनेर अद्यावधिक गर्न लागेको बताए । मंसिर २३ गतेदेखि १५ दिने अवधि राखेर फेरि अर्को सूचना जारी गरिएको पौडेलले बताए।

सरकारले पहिलो पटक २०७४ कातिक २० मा समस्याग्रस्त घोषणा गरेको ओरेण्टल को–अपरेटिभले देशभरका ९ वटा शाखाबाट १० अर्ब बढी बचत संकलन गरेर भागेको समितिको कार्यालयले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर