सरकारले राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोज्यो : भीम रावल (भिडिओ) – Nepal Press

सरकारले राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोज्यो : भीम रावल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको बताए ।

उनले सरकारको कदमले देशलाई कुशासनको बाटोमा धकेलेको टिप्पणी गरे ।

उनले भने, ‘कुनै एउटा व्यक्तिले भोलि फौजदारी क्रियाकलाप गर्ने, अनि एउटा राजनीति दल खोलेर सरकारसँग सम्झौता गरेर आफ्ना अपराधका क्रियाकलापबाट मुक्त हुने त्यो बाटो यो अध्यादेशले खोल्नेछ ।’

सबै राजनीतिक दलहरु निर्वाचनमा भाग लिएकाले कोही हिंसात्मक बाटोमा नलागेको उनको भनाइ छ ।

‘मेरो कुनै दलसँग पूर्वाग्रह छैन । कुन व्यक्ति छुट्छ छुट्दैन भन्ने बिषय होइन। यो विषय देश कानुनबाट चल्छ कि चल्दैन’उनले प्रश्न गर्दै भने ।

उनले सरकारले ल्याएको अध्यादेश फिर्ता लिनुपर्ने बताए । राजनीतिको आवरणमा कसैले अपराध गर्न नपाउने उनको भनाइ छ ।

उनले भने, ‘देउवाजी अहिले छैटौैं पटक प्रधानमन्त्री बन्ने प्रयासमा हुनुहुन्छ । उहाँको यस्तो कदमले अबको प्रधानमन्त्रीत्वकाल कति कुशासनयुक्त र स्वच्छाचारी हुनेछ भनेर दिनु ठहर्नेछ ।’


प्रतिक्रिया

One thought on “सरकारले राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोज्यो : भीम रावल (भिडिओ)

  1. Kura sahi ho yestai garni ho vani desh kaha pug6 hola testai rabi lamichhane ko barema k bolni aba sher bahadur dai le,ma tapailai griye mantri huda dekhi nai chin6u teti khera ramra garna khojnu vayeko thiyo ra afule payeko dhukha birsini ma pani tapai jastai jelnel khayeko rajniti pipit ko chhora ho teha kehi abasar napayera kahile bidesh kahile kata pugnu pareko6 hamilai ni kehi garna dinako lagi tapai suprana ahileko hamro mag ho

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर