वसन्तपुर डबलीमा यसरी मनाइयो काठमाडौं महानगर दिवस (तस्बिरहरू) – Nepal Press

वसन्तपुर डबलीमा यसरी मनाइयो काठमाडौं महानगर दिवस (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगपालिकाले २८औं महानगर दिवस मनाएको छ । महानगर दिवसको अवसरमा यसअघि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

आज मूल समारोह समितिले वसन्तपुर डबलीमा विशेष कार्यक्रमको आयोजना गर्‍यो । सो अवसरमा शहरी विकास मन्त्री मेटमणि चौधरी, ललितपुरका मेयर चिरीबाबु महर्जन, उपत्यकाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी थिए ।

कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति, हस्तकलाका सामग्री, नेवारी परिकार प्रस्तुत गरिएको थियो ।

महानगर दिवसको अवसर पारेर साताव्यापीरूपमा आयोजना गरिएको विविध प्रतियोगिताका विजेता, उपविजेता साथै केही कर्मचारी र जनप्रतिनिधिलाई सम्मानसमेत गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर