महानगरको विकासमा नीतिगत सहयोग गर्ने मन्त्री चौधरीको प्रतिबद्धता – Nepal Press

महानगरको विकासमा नीतिगत सहयोग गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले आफू काठमाडौं महानगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

काठमाडौं महानगरको २८ औं महानगर दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले महानगरको विकासका लागि नीतिगत सहयोगको प्रतिबद्धता जनाए ।

उनले भने, ‘विगतदेखि नै शहरी विकास मन्त्रालयले महानगरपालिकासँग समन्वय गरेर शहरी सौन्दर्य, शहरी स्वास्थ्य र शहरी वातावरण निर्माण गर्न नीतिगत सहयोग गर्न प्रतिबद्ध छौँ।’

महानगरपालिकाले सहभागितामूलक लोकतन्त्रलाई थप बलियो पार्ने अपेक्षा गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर