विवेक ओबरोयले परिवारसहित गरे पशुपतिको दर्शन – Nepal Press

विवेक ओबरोयले परिवारसहित गरे पशुपतिको दर्शन

काठमाडौं । परिवारसहित नेपाल घुम्न आएका बलिउड अभिनेता विवेक ओबरोयले बिहीबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । बुबाआमा, श्रीमती र छोराछोरीसहित विवेक बुधबार साँझ काठमाडौं उत्रिएका थिए ।

आज बिहान सपरिवार पशुपति गएर उनीहरूले पूजाअर्चना गरे । विवेकले पशुपतिको दर्शन गर्ने धेरै पहिलादेखिको धोको बल्ल पूरा भएको भन्दै खुसी व्यक्त गरे ।

व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय आजै चन्द्रागिरी जानेछन् । नेपाल बसिन्जेल सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनीलगायतका ठाउँको भ्रमण पनि गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर