सबैखाले विभेदविरुद्ध एकजुट हुनुपर्छ : मन्त्री रेग्मी – Nepal Press

सबैखाले विभेदविरुद्ध एकजुट हुनुपर्छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सवैखाले विभेदविरुद्ध एकजुट हुनुपर्ने बताएकी छन् ।

राष्ट्रिय आदिवासी जनजाती महिला महासंघको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री रेग्मीले नश्लिय विभेद, लैङ्गिक विभेदलगायत सबैखाले विभेदविरुद्ध एकजुट हुनुपर्ने बताएकी हुन् ।

उनले पृतिसत्तावाद, अन्तविश्वास, रुढिवादी सामन्तवाद अझै हावी रहेकाले सबै महिलाहरु पनि एकजुट भएर अधिकारका लागि लड्नुपर्ने भन्दै जातिवादमा गए आन्दोलन कमजोर हुने धारणा राखे । अहिले पनि आधिकारको कुरा गर्दा सवै भन्दा बढि आदिवासी महिलाहरुले अधिकार पाएकाले प्राप्त अधिकारलाइ रक्षा गर्नुपर्ने उनले बताइन् ।

मन्त्री रेग्मीले मुलुकमा धार्मिक स्वतन्त्रता रहेकाले कुनै धर्मको विरुद्धमा लाग्न नहुनेमा जोड दिइन् ।

 

 


प्रतिक्रिया

One thought on “सबैखाले विभेदविरुद्ध एकजुट हुनुपर्छ : मन्त्री रेग्मी

  1. बुहारी नियुक्त गर्ने विरूद्व एकजुट हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर