ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूद्वारा मर्जर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश – Nepal Press

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूद्वारा मर्जर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधवार संयुक्त निवेदन पेश गरेका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गर्नुभएको हो ।

उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

यस अघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।

मर्जरको निम्ति शेयर स्वाप अनुपात १स्१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।

उक्त अनुमोदनलाई दुबै बैंकले मंसिर २३ गते दुवै बैंकका साधारण सभाबाट समेत पारित गरिसकेको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर