समानुपातिकबाट निर्वाचित सांसदहरूलाई पुस ३ मा प्रमाणपत्र दिइने – Nepal Press

समानुपातिकबाट निर्वाचित सांसदहरूलाई पुस ३ मा प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई पुस ३ गते प्रमाणपत्र उपलब्ध गराउने भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदलाई आयोगले प्रमाणपत्र दिने छ ।

समानुपातिकतर्फ ११० सिट मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट, नेपाली कांग्रेसले ३२ सीट, नेकपा (माओवादी केन्द्र)ले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सीट, जनता समाजवादी पार्टीले ५ सीट र जनमत पार्टीले ५ सीट प्राप्त गरेको छ ।

यस्तै प्रदेश १ मा एमालेले १५, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४, नेकपा एस र जसपाले १–१ सिट पाएका छन् ।

मधेस प्रदेशमा कांग्रेसले ९, एमालेले ८, जसपा र जनमत पार्टीले ७–७ माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपाले २, राप्रपाले १, नेपाल संघीय समाजवादीले १ र नागरिक उन्मुक्तिले १ सिट पाएको छ ।

बागमती प्रदेशमा एमालेले १४, कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६, नेकपा एस र नेमकिपाले २–२ र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ । गण्डकी प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट पाएको छ ।

लुम्बिनी प्रदेशमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपा, जनमत र नागरिक उन्मुक्तिले २–२, नेकपा एस, जसपा, लोसपा जनमोर्चाले १–१ सिट पाएको छ ।

कर्णाली प्रदेशमा एमाले र कांग्रेसले ५–५ माओवादीले ४, राप्रपा र नेकपा एसले १-१ सिट पाएको छ ।

सुदूरपश्चिम प्रदेशमा एमालेले ७, कांग्रेसले ६, माओवादी र नागरिक उन्मुक्ति पार्टीले ३–३ राप्रपा र नेकपा एसले १–१ सिट पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर