ग्रोथएक्स एभरेष्ट एक्सेलेटर स्थापना गर्न चार संस्थाबीच सम्झौता – Nepal Press

ग्रोथएक्स एभरेष्ट एक्सेलेटर स्थापना गर्न चार संस्थाबीच सम्झौता

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई), टीम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) र स्टार्टअप रेसो इन्डियाबीच सहकार्य हुने गरी सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ र युवा उद्यमी मञ्चको साझेदारीमा टीम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त सञ्चालन गर्ने कार्यक्रममा उद्यम सञ्चालन गर्ने नेपाली संस्थापकहरूलाई सहभागी गराइनेछ ।

विशेषगरी सम्भावित प्राविधिक स्टार्टअप र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरिएको हो । यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू र लगानीकर्ताहरूबाट सल्लाह दिनेछ । त्यस्तै नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्नेछ ।

उक्त सम्झौताले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउन , निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पुर्‍याउने तथा क्षेत्रीय र विश्व बजारमा नेपालको आर्थिक प्रतिस्पर्धा बढाउन सहयोग पुग्ने बताइएको छ ।

हासम्म भारतमा बुट क्याम्प र एक्सेलेटर कार्यक्रममार्फत विगत नौ वर्षमा ८०० भन्दा बढी स्टार्टअपहरूलाई लगानी गर्दै १२ हजार बढीलाई प्रत्यक्ष रुपमा रोजगारी सिर्जनामा सहयोग गरेको छ । यस्तै ४० भन्दा बढी एक्सेलेटर स्थापना, नवीनतम रोजगारी सिर्जनामा सहयोग गर्दै १ करोड ३० लाख डलर बराबर राजस्व, अनुदानमा सहयोग पुर्‍याएको कम्पनीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर