कांग्रेस सहमहामन्त्री महेन्द्र यादवद्वारा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर – Nepal Press

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवद्वारा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर

जनकपुरधाम । धनुषा क्षेत्र नम्वर ४ बाट पराजित नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनले दर्ता गराएको रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार रघुवीर महासेठलाई विपक्षी बनाएका छन् ।

कांग्रेस सहमहामन्त्री यादव एमाले सचिव समेत रहेका उम्मेदवार महासेठसँग मात्र १२४ मतले पराजित भएका थिए । महासेठले ३२ हजार २ सय ३६ मत ल्याएर विजयी हुंदा कांग्रेस सह-महामन्त्री यादवले ३२ हजार ११२ मत ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर