वाणिज्य बैंकका २ सय अधिकृतलाई आजबाट तालिम – Nepal Press

वाणिज्य बैंकका २ सय अधिकृतलाई आजबाट तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भर्खरै नियुक्त भएर आएका दुई सयजना अधिकृतलाई दश दिने पूर्व सेवाकालीन तालिम सुरु गरेको छ । वुधबार (मंसिर २८) बाट सुरु भएको तालिममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सपथ ग्रहण समेत गराएका छन् ।

सहायक प्रबन्धक (छैठौं) र उपप्रबन्धक (सातौं तह) दुई सयजना अधिकृतहरुलाई बैंकले सपथ ग्रहण गराएसँगै तालिम पनि सुरु गरेको हो ।

बैंक रुपान्तरणको प्रक्रियामा रहेकाले प्रतिस्पर्धी बजारमा ठूलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने सिइओ श्रेष्ठले बताए । बैंकको हाल २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर