पुसमा निक्षेपको ब्याजदर नघट्ने – Nepal Press

पुसमा निक्षेपको ब्याजदर नघट्ने

पुसमा निक्षेपको ब्याजदर नघट्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन बैकर्स संघले पुसमा पनि अहिलेकै ब्याजदर यथावत राख्ने निर्णय गरेको छ ।

अहिले वार्षिक मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत छ । साधारण बचतको ९.१३३ प्रतिशत र संस्थागत निक्षेपको १०.१३३ प्रतिशत रहेको छ । अब पुसमा पनि यही ब्याजदर कायम हुनेछ ।

ब्याजदर घटाउन चौतर्फी दबाब आए पनि बैंकहरु टसमस भएका छैनन् । पछिल्लो समय बैकिङ प्रणालीमा तरलता बढ्न थालेको छ ।

अहिले बैंकहरुको कर्जा निक्षेप अनुपात ८६.३१ प्रतिशत छ । यस्तै अन्तर बैंक ब्याजदर पनि निकै तल झरेको छ । अहिले अन्तर बैङ्क ब्याजदर ६.८६ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर