धानको समर्थन मूल्य तोकेर धान नकिनेको भन्दै किसान संघ संगठनको विरोध – Nepal Press

धानको समर्थन मूल्य तोकेर धान नकिनेको भन्दै किसान संघ संगठनको विरोध

विराटनगर । सरकारले तोकेको धानको सर्मथन मूल्यमा किसानको धान नकिनेको भन्दै एमाले र कांग्रेस निकट किसान संगठनले सरकारको विरोध गरेका छन् । सरकारले धानको सर्मथन मुल्य तोकेपनि तोकिएको मुल्यमा धान खरिद नगरेको भन्दै किसान सघ संगठनले विरोध गरेका हुन् ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै अखिले नेपाल किसान महासंघ र नेपाल किसान महासंघले आफ्नै घोषणा र प्रतिबद्धता विपरीत धान खरिद नगर्नु सरकारको असक्षमताको पराकाष्ठ भएको बताएका छन् ।

२०७९ कात्तिक १६ गतेको मन्त्रिपरिषदको बैठकले यसवर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको छ ।
निर्धारित मूल्यअनुसार मोटा धानको मूल्य रु. २९६७ र मध्यम धानको रु. ३१२८ रहेको छ ।

गत वर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपियाँ र मध्यम धानमा २२६ रुपैयाँ वृद्धि गरेको भएपनि लागत मूल्य र मुद्रास्फीतिका आधारमा सरकारले निर्धारण गरेको यो मूल्यले पनि किसानलाई लाभ पुग्ने अवस्था नहुँदा नहूँदै पनि सरकारले धान नकिनेकोमा अखिल नेपाल किसान महासंघका मोरंग अध्यक्ष देवेन्द्र पौडेलले बताए ।

उनले मंसिर तेस्रो सातसम्म पनि सरकारले धान खरिद प्रकृया शुरु नगरेको कारण किसानहरु व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको बताएका छन् ।

मानवाली भित्र्याउने समय शुरु हुनासाथ धान खरिद प्रकृया अगाडी बढाउनुपर्नेमा सम्पूर्ण उत्पादित धान व्यपारीकहाँ पुग्न लाग्दासम्म धान खरिद गर्ने सरकारका निकाय मुकदर्शक बनेर बस्नु बिडम्बना भएको नेपाल किसान महासंघ मोरङका अध्यक्ष केदार थापाले बताए ।

उनले कृषिक्षेत्र र किसानप्रति राज्यको यो तहको उपेक्षा किसानले कहिलेसम्म भोग्नुपर्ने हो ? भन्दे आमकिसान सरकारसँग जवाफ दिनु पर्ने बताए ।

उनले खेती लगाउने समयमा मल बिउको अभाव, कृषि उत्पादन लागतमा भएको मूल्य वृद्धि, कृषि श्रमिकको अभाव आदि जस्ता समस्याका बावजूद उत्पादित उपजहरुमा बजारको मनोमानी कहिलेसम्म ? भन्दै सरकारसँग प्रश्न गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *